• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेपाली सेना बाहेक देशमा अरू सेना स्वीकार्य छैन : हर्कराज राई

    286
    SHARES



    काठमाडौँ । श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए ।

    सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने र सरकारले उनीहरूसँग वार्ता गर्ने परिपाटीप्रति आपत्ति जनाए । सुनसरी र मधेसका घटनाका सन्दर्भमा चर्चामा आएको हिन्दु सम्राट सेनाप्रति लक्षित गर्दै उनले भने, ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना। यो ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो ? यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ।’

    सांसद राईले २०८३ साल साउन ५ गते आफू जनकपुर जाँदा एक समूहले निषेध गर्ने कोसिस गरेको र आफ्ना सहयोगीहरूमाथि कुटपिट भएको घटना संसदमा सुनाए । ‘एउटा सांसदलाई आफ्नै देशमा निर्बाध रूपमा हिँडडुल गर्न पाउने अधिकार छैन ? यो कस्तो कानुनी राज्य हो कि जङ्गली राज्य ? मैले गृहमन्त्रीलाई व्यक्तिगत रूपमा फोन गरेर कारबाहीको माग गरेको छु, तर कारबाही भयो कि भएन ?,’ राईले भने ।

    सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति अझै पनि संसदको रेकर्डबाट नहटाइएकोमा असन्तुष्टि व्यक्त गरे । ‘के प्रधानमन्त्रीलाई अझै पनि नेपालले भारतको भूमि मिचेको छ जस्तो लाग्छ ? यो अभिव्यक्ति तुरुन्तै सच्याइनुपर्छ,’ राईले भने ।

    सांसद राईले सरकार कुनै पनि घटना घटेपछि मात्र तात्ने गरेको तर घटना हुनु अगावै सचेत नभएको आरोप लगाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया