• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले फुट्दैन, प्रतिगामी शक्तिलाई परास्त गर्छौं : केपी शर्मा ओली

    333
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा प्रतिक्रियावादी तथा प्रतिगामी शक्तिहरू सक्रिय बनेको दाबी गर्दै त्यसलाई परास्त गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन्।

    आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर ठान्ने भ्रममा नपर्न चेतावनी दिए।

    ‘हामी मरेका छैनौं, फेरि उठ्छौं। धुलो टक्टक्याउँदै उठ्छौं र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्दै अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं,’ उनले भने। ओलीले अहिले समाजवाद निर्माणको बहसभन्दा पनि प्रतिगमनलाई पराजित गर्नु राष्ट्रिय प्राथमिकता भएको उल्लेख गर्दै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताए।

    उनले भने, ‘अहिले समाजवाद कसरी निर्माण गर्ने भन्नेभन्दा पनि प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो। त्यसका लागि सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू कार्यगत एकताका साथ अघि बढ्नुपर्छ।’

    सरकार परिवर्तन र निर्वाचनप्रति असन्तुष्टि

    ओलीले असंवैधानिक ढंगबाट संसद् विघटन गरी चुनावमा गएको प्रसंग स्मरण गर्दै त्यसबेला आफूहरूले निर्वाचन रोक्न आग्रह गरे पनि अन्य दलहरूले त्यसलाई बेवास्ता गरेको दाबी गरे। ‘हामीले यो चुनाव रोकौं भन्दा एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने। त्यो चुनाव न वामपन्थीका लागि थियो, न लोकतान्त्रिक शक्तिका लागि। परिणाम पहिले नै तय गरिएको थियो। अहिले पनि प्रतिगमनको सिलसिला जारी छ,’ उनले भने।

    ‘लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउन कांग्रेस फुटाइयो’

    अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन नदिने योजनाअन्तर्गत नेपाली कांग्रेसलाई फुटाइएको आरोप लगाए। उनले भने, ‘कसरी फुट्यो, किन फुटाइयो र त्यसबाट के प्राप्त भयो भन्ने सबैले देखेकै छन्। अरू दललाई पनि फुटाउने प्रयास हुन सक्छ। विगतमा पनि यस्ता प्रयास भएका थिए।’

    तर एमालेलाई कुनै पनि शक्तिले विभाजन गर्न नसक्ने दाबी गर्दै उनले पार्टी एकताबद्ध रहेको र आगामी दिनमा पनि एकताबद्ध रहने बताए। ‘बाहिरबाट कसैले हात हाल्न खोजे पनि हामी त्यस्ता प्रयासलाई चिन्छौं र पराजित गर्छौं। नेकपा एमाले एकताबद्ध छ र एकताबद्ध नै रहनेछ।’

    ‘वाम आन्दोलन र लोकतन्त्रमाथि नै प्रहार’

    ओलीले नेपालको वाम आन्दोलन मात्र होइन, लोकतन्त्रमाथि नै सुनियोजित प्रहार भएको आरोप लगाए। उनले २३ र २४ भदौमा भएको घटनालाई ‘प्रतिगामी षड्यन्त्र’को संज्ञा दिँदै त्यसबाट वैधानिक सरकारलाई अवैधानिक रूपमा विस्थापित गरिएको दाबी गरे।

    उनले भने, ‘नेपालको वामपन्थी आन्दोलन मात्रै होइन, लोकतन्त्रलाई नै समाप्त गर्ने उद्देश्यका साथ २३ र २४ भदौको प्रतिगामी षड्यन्त्र भयो। वैधानिक सरकारलाई अवैध ढंगले हटाइयो। सरकार बनाउने, हटाउने वा परिवर्तन गर्ने अधिकार संसद्को हो, बलजफ्ती गरेर होइन।’

    सम्बोधनका क्रममा ओलीले कम्युनिस्ट आन्दोलनको चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोपसमेत लगाए। उनले एमालेका नीतिमाथि कुनै भ्रम नरहेको स्पष्ट पार्दै पार्टी वैचारिक रूपमा दृढ रहेको बताए।

    ‘हाम्रा नीति सही छन् कि छैनन् भनेर कसैसँग एकता वा एकीकरणका लागि छलफल गर्नुपर्ने अवस्था छैन। नेकपा एमालेका नीति सही छन्। जनताको बहुदलीय जनवादलाई समयानुकूल परिमार्जन गर्दै पार्टी अघि बढिरहेको छ,’ उनले

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ