• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    यस्तो आयो रवि लामिछानेको राजनीतिक प्रतिवेदन (हेर्नुहोस् पूर्णपाठसहित)

    347
    SHARES



    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा मंगलबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा रास्वपा स्थापना हुनुको कारण, उद्देश्य र चार वर्षको राजनीतिक यात्राको विस्तृत समीक्षा गरेका छन्।

    ‘चार वर्षमा शून्यबाट सिंहदरबारसम्म’ शीर्षकको प्रतिवेदनमा लामिछानेले आफूहरू राजनीतिमा किन प्रवेश गरे भन्ने प्रश्नको जवाफ नै पार्टीको मूल मार्गदर्शक रहेको उल्लेख गरेका छन्।

    उनका अनुसार रास्वपा स्थापना गर्ने अधिकांश व्यक्तिहरूको परम्परागत राजनीतिक पृष्ठभूमि थिएन। उनीहरू सञ्चार, पेसागत क्षेत्र तथा समाजका विभिन्न तहमा सक्रिय रहेर राज्यलाई प्रश्न गर्ने र सुधारका लागि दबाब सिर्जना गर्ने प्रयासमा संलग्न थिए।

    तर समयसँगै राज्य संयन्त्र न सुन्न चाहने र न सुन्न सक्ने अवस्थामा पुगेको निष्कर्षमा पुग्दै उनीहरूले परिवर्तनका लागि प्रणालीभित्रै प्रवेश गर्नुपर्ने आवश्यकता महसुस गरेको प्रतिवेदनमा उल्लेख छ। सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, जवाफदेहिताको अभाव, अवसरवाद र बिचौलियाको प्रभावका कारण लोकतन्त्र कमजोर बनेको उनको दाबी छ।

    प्रतिवेदनमा लोकतन्त्रलाई ‘नेतातन्त्रले चपाइरहेको’ र नेतातन्त्रलाई ‘बिचौलियाले नचाइरहेको’ टिप्पणी गर्दै रास्वपाले प्रणाली सुधार, पुनः संरचना र शुद्धीकरणको लक्ष्यसहित राजनीतिक यात्रा सुरु गरेको उल्लेख गरिएको छ।

    लामिछानेले ‘नयाँ शक्ति’ र ‘विवेकशील’ अभियानले राजनीतिमा तरङ्ग ल्याए पनि संरचनागत परिवर्तन गर्न नसकेको उल्लेख गरेका छन्। यद्यपि बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि परम्परागत दलप्रतिको जनअसन्तुष्टि स्पष्ट रूपमा देखिएको र वैकल्पिक राजनीतिक शक्तिका लागि जनमत तयार भएको प्रतिवेदनमा उल्लेख छ।

    रास्वपा स्थापना प्रक्रियामा ठुलो अविश्वास, आलोचना र उपहासको सामना गर्नुपरेको स्मरण गर्दै लामिछानेले सदस्य त परको कुरा, नेतृत्व लिनसमेत धेरै व्यक्ति तयार नभएको बताएका छन्। स्थापित राजनीतिक दलहरूलाई ‘अपराजय पहाड’ का रूपमा चित्रण गरिए पनि आफूहरूले तिनलाई ‘फोहोरका थुप्रा’ मा परिणत भइसकेको संरचनाका रूपमा व्याख्या गरेको प्रतिवेदनमा उल्लेख छ।

    उनले जनतामा परिवर्तनको चाहना भए पनि समाजका प्रभावशाली व्यक्ति, बुद्धिजीवी, सञ्चारकर्मी तथा चर्चित व्यक्तिहरू वैकल्पिक राजनीतिक अभियानप्रति सुरुआती चरणमा सकारात्मक नभएको उल्लेख गरेका छन्। ‘जनता तयार थियो, जान्ने–सुन्ने मानिएकाहरू तयार थिएनन्,’ प्रतिवेदनमा भनिएको छ। हेर्नुहोस् पूर्णपाठ

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ