काठमाडौं । रास्वपाका एक नेताले सभापतिको उम्मेदवार हुने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि आफ्नो नाम नै महाधिवेशन प्रतिनिधिबाट गायब भएको गुनासो गरेका छन् ।
बारा क्षेत्र नम्बर ३ का सभापति भोला कुमार साह कानु (फेसबुकमा नाम अभिषेक गुप्ता)ले प्रतिनिधिको अन्तिम नामावलीमा आफ्नो नाम नरहेको बताए ।
‘मैले सभापतिमा उम्मेदवार दिने भनेर सामाजिक सञ्जालमा लेखेको थिएँ,’ साह कानुले भने,‘सुरुमा निकालेको प्रतिनिधिहरूको सूचीमा मेरा नाम थियो । अन्तिम नाम प्रकाशित गर्दा मेरो नाम हटाइएको छ ।’
मधेस प्रदेशको सूचीमा २०२ नम्बरमा रहेको उनको नाममा रातो लगाइएको छ ।
बारामा रास्वपाले बर्खास्त गरेका पूर्व सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता कायम गर्नका लागि सभापतिमा रवि लामिछानेसँग उम्मेदवार बन्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।
‘एजेन्डा एक मात्र! चन्दन स्वर्णकारको साधारण सदस्य फुकुवा गराउनको लागि मेरो उम्मेदवारी केन्द्रिय सभापति पदमा रबि लामिछानेको बिरुद्धमा।’ उनले फेसबुकमा लेखेका थिए ।
प्रतिक्रिया