• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, काठमाडौँ ल्याइदै

    273
    SHARES



    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार सुर्खेतबाट पक्राउ गरेको हो ।

    उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । पौडेललाई अहिले नेपालगञ्ज लगिएको छ भने त्यहाँबाट काठमाडौं ल्याइनेछ । उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।

    एमालेको ‘निर्वाचन समीक्षा तथा पुनर्गठन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए । कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ गाडी लिएर होटल पुगेका थिए । प्रहरीले ‘जाने बेला भयो, निस्कनुस्’ भन्दै पौडेललाई होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी एमालेकै कार्यकर्ताले बताए ।

    सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आजै पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

    कार्यक्रममा शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो । कार्यक्रम जारी रहँदै गर्दा भएको यो आकस्मिक पक्राउले एमाले कार्यकर्ताहरूमाझ खैलाबैला मच्चिएको छ ।

    पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको प्रहरी  स्रोतले बतायो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ