• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भरतपुरको दियालो फुडल्यान्डमा रास्वपा केन्द्रीय समिति बैठक जारी

    184
    SHARES



    चितवन । भरतपुरको दियालो फुडल्यान्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ ।

    महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो । आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ ।

    बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

    ३ दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट ३ हजार भन्दा बढी प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।

    महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुने जनाइएको छ । बन्दसत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ