• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विप्लव माओवादीले गर्‍यो सचिवालय सदस्य उमा भुजेलमाथि कारवाही, भइन जिम्मेवारी मुक्त

    335
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीका सचिवालय सदस्य उमा भुजेल सिलुलाई कारबाही गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै भुजेललाई सबै जिम्मेवारीबाट मुक्त गरेको बताएका छन् ।

    पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई केन्द्रीय समिति लगायतका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादी द्वन्द्वकालमा गोरखा जेल ब्रेकरको रूपमा उनी चर्चित छिन् ।

    विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सचिवालय सदस्य कमरेड सिलुले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्ति विरुद्ध भड्काउवादी गतिविधि सञ्चालन गरेकाले उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’

    बैठकले राजनीतिक, सांगठनिक, संघर्ष र प्रकाशनका क्षेत्रमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको पत्रमा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ