• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    योगेश भट्टराई भन्छन् : लोभ–पाप छैन, एमाले पुनर्गठन हुन्छ

    292
    SHARES



    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्।

    पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण बढेको छ। त्यही सन्दर्भमा भट्टराईले सामाजिक सञ्जालमा छोटो कवितांश प्रस्तुत गर्दै एमाले पुनर्गठन भइ छाड्ने बताएका हुन्।

    ‘ढुक्क रहनुहोस्! लोभ छैन, पाप छैन। पुनर्गठन हुनेछ। फुट्ने छैन। टुट्ने छैन। सबै मिल्ने छन्। थप एकताबद्ध हुनेछन्। सबैको सम्मान हुनेछ। मति सुध्रने छ। गति बढ्ने छ,’ वाक्य टुक्र्याउँदै उनले कविताको भावमा लेखेका छन्।

    एमालेभित्र पुनर्गठनको नेतृत्व अहिले संस्थापकइतर र संस्थापकभित्रैबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गरिरहेका छन्। कार्यदल नै बनाएर अहिले बहस भइरहेको छ।

    केन्द्रीय सदस्यहरू र तलका अधिकांश नेता–कार्यकर्ता पुनर्गठनको पक्षमा उभिन थालेपछि ओलीले पनि भेला, छलफल गर्दै आफ्नो पक्षमा माहौल विस्तार गरिरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ