• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    आज मन्त्रिपरिषद् बैठक बस्दै, छलफल हुने बिषय भने गोप्य

    354
    SHARES



    काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ।

    बैठकमा समसामयिक राजनीतिक प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस्तै विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका नीतिगत निर्णय, कर्मचारी सरुवा तथा नियुक्तिसम्बन्धी विषयहरू पनि बैठकको एजेण्डामा पर्न सक्ने अनुमान गरिएको छ।

    यद्यपि, बैठकका औपचारिक एजेण्डाबारे प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन। आवश्यकताअनुसार सरकारका तर्फबाट बैठकपछि निर्णयहरू सार्वजनिक गरिने जनाइएको छ।

    सरकारले नियमित रूपमा मन्त्रिपरिषद् बैठकमार्फत मुलुकको प्रशासनिक सञ्चालन, विकास आयोजना, आर्थिक गतिविधि तथा जनसरोकारका विषयमा आवश्यक निर्णय गर्दै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ