काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् ।
यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसँग भेटवार्ता गरेका थिए ।
उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ।
लामिछानेलाई भाजपाले रेड कार्पेटसहित भव्य स्वागत गरेको थियो । लामिछानेसहितको टोली यही जेठ २२ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया