• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    विभाजनको संघारमा राप्रपा, नयाँ बाटो तय गर्ने धवल शम्शेरको घोषणा

    1.1K
    SHARES



    काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ। महामन्त्री धवल शम्शेर राणाले आज एक आह्वान जारी गर्दै नयाँ बाटो तय गर्ने निर्णय गरेको घोषणा गरेका हुन्।

    लामो समयदेखि अध्यक्ष लिङ्देनको कार्यशैलीमा महामन्त्री राणाले असहमति राख्दै आएका थिए। उनले तत्काल महाधिवेशन मिति घोषणा गर्न नेतृत्वलाई अल्टिमेटमसमेत दिएका थिए।

    अध्यक्ष लिङ्देनले भने महामन्त्री राणासहितलाई महाधिवेशन कार्यतालिका प्रस्तुत गर्ने जिम्मेवारी सुम्पेका थिए। तर महामन्त्री राणाले नयाँ पार्टी बनाउने संकेत गरेका छन्।

    महामन्त्री राणाले नयाँ बाटो तय गर्ने आह्वान जारी गरेपछि भने, ‘जे अपिलमा मैले लेखेको छु, अहिलेलाई सैद्धान्तिक कुराभन्दा बाहिर केही छैन।’ राप्रपा फुटतर्फ गएको हो भन्ने प्रश्नमा उनले यसलाई जसरी बुझे पनि हुने प्रतिक्रिया दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया