• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा

    354
    SHARES



    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। जारी सचिवालयको आठौं बैठकमा शनिबार बोल्ने क्रममा उनले अध्यक्ष ओलीबाट अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष सुनाएका हुन्।

    ‘अध्यक्ष ओली अब तपाईंले राजीनामा दिनुस्, तपाईंबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए। अध्यक्ष ओलीले पार्टी पुनर्गठनका पक्षमा उठेको आवाजलाई सम्बोधन गर्नुपर्ने र निकास दिनुपर्ने धारणा उनले राखेका थिए।

    आजको बैठकमा ९ जनाले धारणा राखेका थिए। सचिव महेश बस्नेतबाहेक कसैले पनि अध्यक्ष ओलीको बचाउ नगरेको पदाधिकारीको भनाइ छ। सचिव पद्मा अर्यालले पनि नेतृत्वले सोचेकोजस्तो अवस्था तल नरहेको भन्दै सुधारको खाँचो औंल्याएकी थिइन्।

    ‘माथिबाट हेर्दा जस्तो देखिन्छ, तल त्यस्तो छैन,’ उनको भनाइ थियो। आजको बैठकमा सचिव महेश बस्नेत कठोर सुनिएका थिए। सचिव महेश बस्नेतले संकटपूर्ण अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेर आपराधिक काम नगर्न चेतावनी दिएका थिए।

    जारी सचिवालय बैठकमा बहुसंख्यक सचिवालय सदस्यहरूले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखिरहेका बेला उनी बचाउमा लागेका हुन्।

    ‘यस्तो बेलामा अध्यक्ष ओली नेतृत्वबाट हट्नुपर्छ भन्ने अपराधी हुन्। संकटका बेला नेतृत्व हटाउन लाग्नेहरू अपराधी हुन्,’ बस्नेतको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ