• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ

    408
    SHARES



    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन् ।

    आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाए ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ । यो प्रतिनिधि सभा सञ्चालन नियमावली १५(२) को बर्खिलाप हो ।’

    सांसद राईले धेरै प्रयासपछि संसद्मा उपस्थित भएका दुई जना मन्त्रीहरूले पनि अत्यन्तै सतही जवाफ दिएको र आफू लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न सोध्न खोज्दा सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘सदन भनेकै जनताका प्रश्नहरू सोध्ने र जनहितमा नियम कानुन बनाउने ठाउँ हो, तर प्रश्न सोध्न नदिनु आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    आफूले गत बैशाख २८ र २९ गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दाबी गर्दै उनले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको संज्ञा दिए ।

    सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाउँदै राईले भने ‘प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दनीय र हास्यास्पद देखिन्छ । नियम भन्दा नियत ठुलो हुन्छ र त्यो नियत जनता र लोकतन्त्रको पक्षमा हुनुपर्दछ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ