काठमाडौँ । सरकारले डोजर लगाएर घर भत्काएपछि होल्डिङ सेन्टरमा राखेका सुकुमबासीहरुको अवस्था अत्यन्त दयनीय रहेको दाबीसहित संसदमा आवाज उठेको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद विष्णुमाया विकले काभ्रेको होल्डिङ सेन्टरमा राज्यव्यवस्था तथा सुशासन मितिको तर्फबाट अनुगमन गर्दा त्यस्तो दयनीय अवस्था पाइएको बताएकी हुन् ।
बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले गरिबहरूलाई पनि बाच्न पाउने अधिकार रहेको भन्दै सरकारले सुकुमबासीहरुलाई अलपत्र पारेको बताइन् ।
‘सुशासन समितिकातर्फबाट हामी हिजो काभ्रेको होल्डिसेन्टर अनुगमनमा गएका थियौ’, विकले भनिन्, ‘त्यहाँ ११० जना राखिएको रहेछ । त्यहाँ राखिएका स्कुल तथा कलेज पढ्ने २७ जना विद्यार्थीको पठनपाठन समेत अवरुद्ध रहेको पाइएको छ’, होल्डिङ सेन्टरको अवस्थाबारे जानकारी दिँदै उनले भनिन्, ‘विद्यार्थीहरुको पठनपाठन ठप्प रहेछ। कैदीजस्तै थुनिएको छ ।’
उनले मिलन नाम गरेका युवा पठाओ चलाएर जिविकोपार्जन गर्दै गरेकोमा डोजरले घर भत्किएपछि मानसिक सन्तुलन नै गुमाउन पुगेकाले उनको उपचार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
‘मिलन तामाङको उपचार तथा अन्य विद्यार्थीहरूको पठन पाठनको व्यवस्थामा सरकारको ध्यान जाओस्’, विश्वकर्माको भनाइ छ ।
प्रतिक्रिया