• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओलीले पार्टी सदस्यता खोसेकी विद्या भण्डारी बनिन एमालेको प्रमुख अतिथि

    286
    SHARES



    काठमाडौ । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको छ ।

    पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा मदन–आश्रित सभा गरेको छ । पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले बक्ता बनाएको यो पहिलो कार्यक्रम हो ।

    गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो । एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भण्डारीको सदस्यता नवीकरण रोकिएको थियो । ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतले साथ दिएका थिए ।

    तर आज तिनै पौडेल र पोखरेलहरूले भण्डारीलाई प्रमुख अतिथि बनाएर स्मृति दिवस मनाएका छन् । जबकि पार्टी सदस्यता नवीकरणमा रोक लगाएर एमालेको राजनीतिमा आउन नदिने एमालेको निर्णय फेरिएको छैन ।

    भण्डारीका स्वकीय सचिव राजकुमार राईले पार्टीले प्रमुख अतिथिका रुपमा आउन निम्तो दिएको र त्यसैअनुसार उनी गएको प्रतिक्रिया दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ