• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रधानमन्त्रीले संसदीय मर्यादामाथि प्रहार गरेको भन्दै कांग्रेसले संसदमा माग्यो जवाफ

    413
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर बाहिरिएको विषयलाई लिएर संसद्मा आपत्ति जनाएको छ।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई धारणा राख्न समय दिएका थिए।

    प्रमुख सचेतक थापाले सोमबारको बैठकमा देखिएको दृश्य लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमै विरलै देखिने र गम्भीर प्रकृतिको भएको बताइन्।

    आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल सामान्य घटना नभई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरीत भएको उनको भनाइ थियो।

    “पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ,” भन्दै थापाले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।

    उनले भनिन्, “राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल एउटा सामान्य दृश्य नभई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरीत हो। यस विषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ आवश्यक छ।”

    कांग्रेसले प्रधानमन्त्रीको उक्त व्यवहारले संसदीय गरिमामाथि आँच पुगेको ठहर गर्दै संवैधानिक पदको सम्मान गर्न र स्थापित संसदीय अभ्यासलाई कमजोर नबनाउन सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ