काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छाडेका छन्। गत फागुन २१ गतेको चुनावअघि बनेको प्रलोपामा उनी संरक्षक थिए।
भट्टराईले आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र बस्न चाहेको व्यहोरा पार्टीलाई जानकारी गराएका छन् । त्यहीअनुसार पार्टीले वैयक्तिक छनोटलाई सम्मान गर्दै भट्टराईलाई शुभकामना दिने निर्णय गरेको हो।
शुक्रबारको बैठकबाट बाबुराम औपचारिक रुपमा सो पार्टीबाट अलग भएको त्यस पार्टीका अध्यक्ष परिषद्का एक नेताले बताए ।
ती नेताका अनुसार बाबुराम पार्टीबाट अलगिएको जानकारी गराएर उनलाई आगामी राजनीतिक यात्राको शुभकामना दिइएको छ। यस्तै प्रलोपा छोडेर आजबाट संघ संस्कृति पार्टीमा प्रवेश गरेका सुदनकी रातीलाई पनि शुभकामना दिइएको छ।
प्रलोपाको अध्यक्ष परिषद्को नेतृत्व अब सन्तोष परियारले गर्ने भएका छन्। यसअघि परियारले उक्त पार्टी छोडिएको भन्ने हल्ला चलेको थियो । तर उनी त्यही पार्टीमा रहेर आगामी बस्ने बैठकको अध्यक्षता गर्ने बताइएको छ।
बाबुराम अब कहाँ जान्छन्, त्यो भने अहिलेसम्म सार्वजनिक भएको छैन। यसका साथै प्रलोपाले अध्यक्ष परिषद् सदस्य सुदन किराती शुक्रबार श्रम संस्कृति पार्टी प्रवेश गरेका छन्।
प्रलोपाले महाधिवेशन समग्र पार्टीको योजना निर्माण र कार्यान्वयन गर्न छिट्टै सचिवालय बैठक आयोजना गर्ने जनाएको छ। अब प्रलोपामा सन्तोष परियार र जनार्दन शर्मासहितका नेताहरू मात्रै बाँकी छन् ।
प्रतिक्रिया