• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कागजातमा ‘माननीय’ सम्बोधन नगर्न सांसदहरुलाई रास्वपाको निर्देशन

    274
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको छ । साथै उनीहरूलाई आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन नगर्न पनि निर्देशन दिएको छ ।

    बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा यस्तो निर्देशन दिइएको प्रवक्ता मनिष झाले जनाएका छन् ।

    रास्वपाले सांसदहरूले धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिएको छ ।

    ‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास हुने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न निर्देशन छ’, रास्वपाले निर्देशन दिँदै भनेको छ । साथै निर्देशनविपरित कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाही गर्ने रास्वपाको चेतावनी छ ।

    यसअघि सांसद विश्वराज पोखरेलले जिल्लामा आफूलाई माननीय भन्दै स्वागत नगरेको भनेर विद्यालयका प्रधानाध्यापकलाई हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ