• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा

    146
    SHARES



    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिदेशीय शृंखला आजदेखि सुरु भएको छ ।

    शृंखलाको पहिलो खेलमा अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युएईले टस जितेर फिल्डिङ (बलिङ) रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

    नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा उत्रिएका छन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ । वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ ।

    आठ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा नेपाल २० खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ । युएई समान खेलबाट १० अंकका साथ अन्तिममा छ । दुबै टोलीले १६ खेल खेल्न बाँकी छ ।

    बाँकी खेल तालिका यस्तो छ–
    वैशाख १४ गते : ओमान र युएई
    वैशाख १६ गते : नेपाल र ओमान
    वैशाख १८ गते : नेपाल र युएई
    वैशाख २० गते : ओमान र युएई
    वैशाख २२ गते : नेपाल र ओमान ।

    टोलीमा को को छन् ?

    नेपाल टोली- रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान) आशिफ शेख, कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, विनोद भन्डारी, अर्जुन कुमाल, सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, बसिर अहमद, ललित राजंवशी ।

    युएई टोली– मोहम्मद वासिम (कप्तान), अर्यांश शर्मा, अदिब उस्मानी, मोहम्मद शाहदाद, सोएब खान, हरपृत भाटिया, निलन्श केश्वानी, हैदर अलि, खुजैमा बिन ताहिर, अजय कुमार, जुनैद सिद्दिकी अक्ष नाथ, मोहम्मद जवादुल्लाह, जश गियाननी र मोहमद जुहैब ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ