• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस आधिकारिकता विवादः सर्वोच्चमा आज पनि सुनुवाइ

    471
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

    नेपाली कांग्रेसभित्र गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि पेसी तोकिएको हो।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। देउवा पक्ष तथा निर्वाचन आयोगका तर्फबाट बहस सकिएको छ भने आज विपक्षी बनाइएका कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ।

    यसअघि सर्वोच्च अदालतले उक्त विवादसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। २०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश नदिँदै निर्वाचन आयोगसहितलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

    निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय तथा सम्बन्धित पक्षहरूले लिखित जवाफ पेस गरेपछि मुद्दा सुनुवाइका लागि पेसीमा चढाइएको हो।

    गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसभित्र आधिकारिकताको विवाद उत्पन्न भएको हो।

    देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ