• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ को निलो क्रान्ति, निर्वाचले बैधानिकता दियो : बादल

    264
    SHARES



    काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढङ्गले रास्वपा अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सम्पन्न भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै नेता थापाले यस्तो बताएका हुन् । साथै उनले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरिएको पनि बताएका छन् ।

    ‘फागुन २१ गते निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । फागुन १३ गते धार्मिक अनुष्ठानका बिच रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो’, बादलले भने, ‘यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री शाहलाई म एमालेको तर्फबाट बधाई भन्न चाहन्छु ।’

    साथै उनले निर्वाचनमा रास्वपा पहिलो पार्टी हुनुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई दोष लगाएका हुन्। ‘यो सबै परिणामका पछाडि मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन्,’ उनले भने ।

    उनले बाह्य रूपमा पनि टिओवी, एआईलगायतले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा करार गरेको र खल पात्रलाई महानायक निभाएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ