• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसले निर्वाचन आयोगमा बुझायो समानुपातिकतर्फ २० उम्मेदवारको नाम (नामसहित)

    377
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची निर्वाचन आयोगमा पठाएको छ ।

    जहाँ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरिएको छ । कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले खस आर्यबाट दुई पुरुषको नाम पठाइएको जानकारी दिए । आयोगले समानुपातिकतर्फको सूची बुझाउन आजसम्मको समयसीमा तोकेको थियो ।

    जसअनुसार, खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, काली बहादुर सहकारी, अर्जुननरसिंह केसी रहेका छन् ।

    त्यस्तै आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, मदन कृष्ण श्रेष्ठ १२, भीष्मराज आङ्देम्बे रहेका छन् ।

    मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव , चन्द्रमोहन यादव, दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक, मन माया विक, थारू कोटाबाट, प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुन रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ