काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘प्रधानमन्त्री’को इमेल समावेश गरेका छन् ।
आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै उनले बालेन फर पीएम नेपाल ([email protected]) नामको इमेल सामाजिक सञ्जालमा समावेश गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमत ल्याएसँगै बालेन नेपालको प्रधानमन्त्री बन्ने तयारीमा छन् । सो पार्टीले विधान संशोधन नै गरेर शाहलाई संसदीय दलको नेता चुन्दैछ ।
निर्वाचन आयोगको पूर्ण नतिजा सार्वजनिक भइसकेकोले छिटै नयाँ सरकार गठन हुन गइरहेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह मन्त्री छनोटमा व्यस्त छन् ।
यसैबीच प्रधानमन्त्री नियुक्त नहुँदै उनले ‘प्रधानमन्त्री’को इमेल समावेश गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका छन् ।

प्रतिक्रिया