• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    समानुपातिक तर्फ १ करोड ३ लाख मत गणना, कुन दलकाे मत कति ?

    665
    SHARES



    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्गलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको हो ।

    पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो।

    त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७६ हजार ३१० मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९१ हजार ६९८ मतका साथ तेस्रो स्थानमा रहेको छ।

    नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५४ हजार ४७३ मत आफ्नो पक्षमा पारेको छ। त्यस्तै, ३ लाख ४८ हजार १७८ मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार ९९ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन्।

    अन्य दलहरूको अवस्था कस्तो छ ?

    समानुपातिकतर्फ एक लाख भन्दा बढी मत ल्याउने अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपाल (१,७०,१३१ मत) र राष्ट्रिय परिवर्तन पार्टी (१,६५,१००) मत रहेका छन्।

    त्यस्तै, जनमत पार्टीले ७५,७३५ मत, एकल चिन्ह चकिया )जाँतो) लिएर लडेको गठबन्धनले ६०,५५१ मत, नेपाल मजदुर किसान पार्टीले ४१,८९४ मत र राष्ट्र निर्माण दल नेपालले ३७,८६२ मत प्राप्त गरेका छन्।

    प्रणालीमा प्रविष्ट विवरण अनुसार राष्ट्रिय जनमोर्चाले २९,२२६, नेपाल जनता संरक्षण पार्टीले २६,९९४, प्रगतिशील लोकतान्त्रिक पार्टीले २३,४७९ र नेपाल कम्युनिस्ट पार्टी माओवादीले २३,२६४ मत पाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ