• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नयाँ संसद्को बैठक राख्ने तयारीमा जुट्यो संसद् सचिवालय

    132
    SHARES



    काठमाडौं । संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ ।

    गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए ।

    अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म अनिवार्य रूपमा भवन दिन आग्रह गरिएको छ’, उनले भने ।

    सिंहदरबारभित्रै संसद्को अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन निर्माणाधीन छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।

    नयाँ संसद् भवन क्षेत्रको मध्य भागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्ने बित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एका पट्टी संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एका पट्टी संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

    ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभा हल ४०० र बल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ