• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सर्वोच्च अदालत जाने कांग्रेस देउवा समूहको निर्णय

    690
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए ।

    ‘कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं’, नेता महतले भने, ‘ हामी भोलि (आइतबार)सर्वोच्च जान्छौं ।’

    नेता महतले निर्वाचन आयोगले आफूहरुलाई बोलाउँदा पनि नबोलाएर कुनै औपचारिकतासमेत पूरा नगरेर विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको आरोप लगाए । ‘नजिर, विधान, निर्वाचनसम्बन्धी व्यवस्था कुनै पनि पालना नगरेको हाम्रो ठहर छ’, उनले थपे, ‘अन्यायपूर्ण निर्णय भएकोले सर्वोच्च अदालतमा केस प्रस्तुत गर्छौं ।

    उनले निर्वाचन आयोगले निर्णय गर्दैमा आधिकारिक नहुने भन्दै अदालत जान लागेको बताए । यसका लागि राजनीतिक प्रतिवादको पनि तयारी गरेको उनले बताए । त्यसका लागि विभिन्न स्वरुपमबारे छलफल अघि बढाएको उनको भनाइ छ ।

    शुक्रबार मात्रै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापाहरुलाई आधाकारिकता दिएको छ । आधिकारिकता पाएसँगै गगन थापाहरुले पार्टी गतिविधि सुरु गरिसकेका छन् । पार्टी केन्द्रीय कार्यालय भने देउवाहरुले नै प्रयोग गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ