• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगनसँग जानेहरू चोइटिएर गएका हुन्, संस्थापन हामी हौँ : शेखर कोइराला

    1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँगै रहेको दाबी गरे ।

    आयोगमा बोल्दै कोइरालाले आफूहरू यहाँ आउनुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको बताए । उनले निर्वाचन आयोगले पार्टीको आधिकारिकताको विषय लोकतान्त्रिक पद्धतिअनुसार टुंग्याउने विश्वास व्यक्त गरे ।

    उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै बनाउनुपर्ने विधानमा स्पष्ट व्यवस्था रहेको जिकिर गरे । कुनै पनि पदाधिकारीलाई आफूखुसी विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै उनले व्यक्ति नभई संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गरे ।

    कोइरालाले टुँडिखेलमा गएर कुनै निर्वाचन आयुक्तले उम्मेदवारी दर्ता हुँदैन भन्यो भने त्यो आयोगलाई मान्य नहुने उदाहरण दिँदै गगन थापा समूहको निर्णय वैधानिक नहुने तर्क गरे । उनले आफूहरू संस्था भएको र संस्थालाई हेरेर आयोग अघि बढ्नुपर्ने बताए ।

    अर्को पक्षले बुझाएको भनिएका हस्ताक्षरसमेत फिर्ता भएको निस्सा आयोगमा प्रस्तुत गर्ने उनले बताए । महाधिवेशनमा गएका ८ सय ८५ जना प्रतिनिधिले उक्त महाधिवेशनबाट आफूहरू फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको र सोही प्रमाण आयोगमा पेस गरेको कोइरालाले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ