काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन समितिका अनुसार बुधबार राति ८ बजेदेखि मतदान सुरु हुनेछ ।
केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुन: नामावली प्रकाशन गरिनेछ । यस्तै ५:३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय छ ।
उनका अनुसार ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । ८ बजेदेखि ९ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया