• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अध्यक्ष प्रचण्डलाई इन्कलाब पंक्तिहरु सम्झाउँदै रहबर अन्सारीले त्यागे पार्टी

    1.3K
    SHARES



    काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले पार्टी छाडेका छन् ।

    रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् । बिहीबार अन्सारीले हुलाकमार्फत प्रचण्डलाई राजीनामापत्रमा उल्लेख गरेका छन् ।

    संयोजक प्रचण्डले मधेस प्रदेशमा वाचन गरेको‘सागर के तुफान को भी हमने बस में किया है..’ सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको बताउँदै राजीनामा दिएका हुन् ।

    उनले साहस, इमान, र जोखिम : तीन वटै कुरा पार्टीले त्यागिसकेको समेत राजीनामापत्रमा उल्लेख गरेका छन् ।

    ‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु’, रहबरले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

    उनले मुक्तिका लागि लडेका, १० वर्षे जनयुद्धमा आफ्ना परिवार, अङ्ग, अस्मिता र जीवन गुमाएका सम्पूर्ण वीर नेपाली जनता लगायतलाई बोधार्थ दिएका छन् ।

    बाेधार्थ

    त्यो पुस्ता जसले सत्ता होइन, परिवर्तन चाह्यो, तर अन्ततः सम्झौता, पद र सुविधाको राजनीति मात्रै देख्यो।

    ती सपना जसका लागि रगत बग्यो, तर जसको नाममा आज डर, मौनता र अवसरवाद शासन गरिरहेको छ ।

    ती शहीदहरू, जसका नाम भाषणमा उच्चारण हुन्छ, तर उनका आदर्श व्यवहारमा कहिल्यै उतारिएनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ