• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले के भने ?

    515
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताएका छन्।

    शुक्रबार अनामनगरस्थित पत्रकार सम्मेलन गरी उनीहरूले पुस २७ र २८ विशेष महाधिवेशनको माग गरेका हुन्। शुक्रबार पत्रकार सम्मेलन गरेर नेता सुवास पोखरेलले अब अरू विकल्प नभएकाले विशेष महाधिवेशनमा जानुपर्ने बताए।

    ‘हामीलाई विश्वास छ- पुस २७-२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पुरा गर्नेछ,’ उनले भने, ‘हामी स्पष्ट गर्न चाहान्छौं-यो माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गरी नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, एकता र दिशासहित अघि बढाउन पार्टी नेतृत्वसमक्ष विनम्रतापूर्वक अनुरोध पनि गर्दछौं।’

    ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ मा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए। नियमित महाधिवेशन गर्ने आश्वासनपछि विशेष महाधिवेशन पक्षधरहरू रोकिएका थिए। तर बिहीबारदेखि फेरि विशेष महाधिवेशन गर्नेतर्फ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागि परेका छन्।

    ‘हामीले कार्यतालिका सार्वजनिक हुँदै स्पष्ट चेतावनी दिएका थियौं’ घोषित समयमा महाधिवेशन नगरी मिति सार्ने कुनै सुविधा हुने छैन। यस्तो अवस्थामा असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग जीवित रहने छ र सोको कार्यान्वयन गर्नु पार्टीको अनिवार्य कर्तव्य बन्नेछ,’ पोखरेलले भने। उनले अब विशेष महाधिवेशन छनोटको विषय नरहेको पनि बताए।

    ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन। विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो। यो कसैको छनोटको विषय होइन, रहेन,’ उनले भने, ‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ? अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन। विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ