• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    1.1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।

    पार्टीको १५ औं महाधिवेशन हुन नसकेपछि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका छन्।

    ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजनाको माग गरेका थिए।

    तर विशेष महाधिवेशन आयोजना गर्न प्रक्रिया अघि बढेन। यसबीचमा डेढ महिना केन्द्रीय समितिमा छलफल गरेर पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी मंसिर १५ गते कार्यतालिका आयो।

    तर उक्त कार्यतालिकाअनुसार हिजो वडा र आज पालिका अधिवेशन हुन सकेन। कांग्रेसले नियमित महाधिवेशन कार्यतालिका प्रभावित भए पनि मातहत समितिमा पत्रसमेत पठाएको छैन।

    सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनका पक्षमा देखिएका छैनन्। तर विशेष महाधिवेशन पक्षको दबाबपछि विधान कार्यान्वयन गर्न भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्न लागेका छन्।

    त्यसका लागि पुस २७ र २८ गते भृकुटीमण्डपस्थित हल बुकिङसमेत भइसकेको छ। तर सभापति देउवा पक्ष भने आमचुनाव मुखमा आएका बेला विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ।

    महामन्त्रीहरू विशेष महाधिवेशनतर्फ अघि बढेपछि पार्टीमा छलफलका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ