• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेपछि…

    387
    SHARES



    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीले भारतमा बसेर व्यापार गर्दै आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्दै विरोध जनाएको छ । कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र लेखेर विरोध जनाएका हुन् ।

    उनका अनुसार कांग्रेसबाट सिफारिसमा परेका मो. अन्सार खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै नदेखिएको व्यक्ति दाबी गरिएको छ । विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्ति कुन मापदण्डका आधारमा समानुपातिक सदस्यमा सिफारिस भए भनेर उनले प्रश्न उठाएका छन् ।

    केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा बसेर पार्टी संगठन विस्तारमा लामो समयदेखि योगदान दिएका कार्यकर्ताको मनोबल गिरेको र संगठनभित्र निराशा तथा विद्रोहको भावना सिर्जना भएको पत्रमा उल्लेख छ ।

    पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा यस्ता निर्णयले पार्टी संगठनलाई थप क्षति पुग्ने चेतावनी दिइएको छ । पार्टीका लागि दिन–रात खटिएका, पार्टीकै नाममा जीवन समर्पण गरेका कार्यकर्ताको भावना कुल्चिएको तथा पहुँच, पावर र पैसाको भरमा नाम सिफारिस भएको आरोप पनि लगाइएको छ ।

    सर्लाही कांग्रेसले यस्ता नामहरू तुरुन्त सच्याउन र आगामी दिनमा अवसरवादी व्यक्तिहरूलाई पहिचान गरी सिफारिस नगर्न आग्रह गरेको छ । साथै, जिल्लामा बसेर लामो समयदेखि संगठनमा योगदान दिएका कार्यकर्तालाई प्राथमिकताका साथ सिफारिस गर्न समेत माग गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ