• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मधेश राजनीति

    कांग्रेस समानुपातिक सूचीमा निधिकी भान्जी परेपछि मधेसमा विरोध

    421
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिधिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा नेता विमलेन्द्र निधिकी भान्जी परेपछि मधेस कांग्रेसभित्र विरोध भएको छ।

    निधिले नै आफ्नी भान्जी निनु कर्णलाई सिफारिस गरेर समानुपातिक सूचीमा मधेसी महिलाको एक नम्बरमा राखेको भन्दै विरोध भएको हो।विरोध जनाउने मध्येमा जनकपुर कांग्रेसका पूर्व नगरसभापति रहेका जीवनाथ चौधरी छन् र उनले फेसबुकमै नेता निधिको आलोचना गरेका छन्।

    ‘गत प्रतिनिधि सभामा आदरणिय नेता विमलेन्द्र निधिज्यू आफैं समानुपातिक सांसद बन्नु भयो। यसपालि त झन् आफ्नै भान्जी निनु कर्णलाई समानुपातिक बन्द सूचीको मधेसी महिलातर्फ को १ नम्बर क्रममा राख्न लगाएर सांसद बन्ने निश्चित टिकट नै दिलाइ दिनु भयो,’ उनले लेखेका छन्। उनले फेसबुकमार्फत निधिलाई प्रश्न पनि सोधेका छन्।

    ‘विमल दाईसँग मेरो सामान्य जिज्ञासा, तपाईं सँगै जेल–नेल बसेका, लाठी खाएका, यातना सहेका, प्रजातन्त्रका लागि जीवन अर्पण गरेका यसै क्षेत्रका ललन चौधरी, प्रफुल्ल राज घिमिरे, युवराज खाति,राज किशोर सिंह, राम भरत साह, वैद्यनाथ साह, धीरेन्द्र मोहन झा, निर्मल चौधरी, देवचन्द्र झा, अनिता श्रीवास्तव,… बलभद्र लाल कर्ण जस्ता प्रजातन्त्र सेनानीहरूले के पाए?,’ उनले सोधेका छन्, ‘न उनीहरूले केही पाए, न त उनीहरूका सन्तानले। आज न तिनका छोरा–छोरी, श्रीमतीहरूको अवस्था के छ भनेर सोधपुछ गर्ने नेता छ। गाँस, बास र कपास बिना बाँचिरहेका ती परिवारहरूको पीडा कसैको सूचीमा परेन?’

    शीर्षस्थ नेताहरूले आफ्नै श्रीमती, छोरा छोरी, भान्जा भान्जीलाई समानुपतिकबाट सांसद बनाउने परिपाटी बढेको देखिएकोले बरू समानुपातिक प्रणाली नै खारेज गर्नुपर्ने धारणा पनि उनले राखेका छन्।

    ‘पार्टीभित्र प्रतिभा, संघर्ष र योगदानभन्दा पनि नाता–सम्बन्धको योग्यता बढी देखिन थालेको छ। यदि नेपाल को संविधानले यस्तै किसिमको सामानुपातिक प्रणाली को परिकल्पना गरेको हो भने यस्ता समानुपातिक प्रणाली खारिज हुनु पर्छ,’ उनले भनेका छन्, ‘यहाँ प्रश्न व्यक्तिको होइन, प्रणालीको हो।योग्यता, योगदान र बलिदान भन्दा नाता–सम्बन्ध ठूलो बन्नु नै पीडादायक हो।’

    उनले नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको भनाइ पनि कोट गरेका छन्। ‘कोइरालाको भनाइ सम्झन् चाहन्छु- नेतृत्वले गलत गर्दा पनि टुलु–टुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास!,’ उनले लेखेका छन्, ‘आज प्रश्न यही हो—हामी कार्यकर्ता बन्ने इतिहास बनाउने कि इतिहासमा प्रयोग भएर हराउने?’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ