जापान, कुमामोतो । जापानको कुमामोतो क्षेत्रमा सक्रिय रूपमा खेलकुद तथा सामाजिक गतिविधि गर्दै आएको आसो फुटबल क्लब (ASO FC) ले आगामी २०२५ डिसेम्बर २० (शनिबार) का दिन तेस्रो ‘ASO CUP’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
कुमामोतोमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र मनोरञ्जन अभिवृद्धि गर्दै आएको यो प्रतियोगिता पछिल्ला वर्षहरूमा फुटबल प्रेमी खेलाडी र दर्शकको मनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। यही सफल परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिता नकआउट प्रारूपमा सञ्चालन गरिने भएको छ।
प्रतियोगिता भव्य तथा सफल परिणाममा पुर्याउनका लागि ASO FC ले समुदाय, संस्था तथा इच्छुक व्यक्तिहरूबाट स्वेच्छिक आर्थिक सहयोग का लागि अनुरोध गरेको छ। क्लबले प्राप्त हुने सहयोग रकमले खेलकुदको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने र आयोजक टोलीलाई अझ ऊर्जा तथा हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
सहयोग रकमका लागि क्लबले तोकिएको बैंक खातामा जम्मा गर्न आग्रह गरेको छ भने जम्मा गरेको रिसिट आयोजक सदस्यलाई पठाइदिन अनुरोध गरिएको छ।
आयोजक ASO FC ले नेपाली समुदायको निरन्तर साथ, सहयोग र उत्साहप्रति आभार प्रकट गर्दै यस वर्षको ASO CUP लाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाउने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया