• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कभर स्टोरी राजनीति

आज संविधान दिवस : सैनिक मञ्चमा मूल समारोह, झाँकी कार्यक्रम भने स्थगित

540
SHARES



काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज देशभर विशेष कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। मुलुककै सर्वोच्च कानुनी दस्तावेजका रूपमा २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो।

आजको मूल समारोह काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा बिहान ८:३० बजे सुरु हुने भएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थित रहनेछ।

तर, पछिल्लो विशेष राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै यस वर्षको संविधान दिवसमा विगतमा देखिने झाँकी, सांगीतिक प्रस्तुति र अन्य आकर्षक प्रदर्शनहरू स्थगित गरिएको छ। यसपटक औपचारिक पक्षलाई मात्रै प्राथमिकता दिइएको छ।

२०७२ साल असोज ३ गते राति तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित ‘नेपालको संविधान, २०७२’ घोषणा गरेका थिए। नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्ष, द्वन्द्व र आन्दोलनपछि तयार भएको यो संविधानलाई ऐतिहासिक उपलब्धि मानिन्छ। दोस्रो संविधानसभाले वर्षौँको बहस, छलफल र विवादपछि संविधान जारी गरेको थियो।

संविधान दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता र संघीय तथा प्रदेश सरकारका प्रतिनिधिहरूले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन्। उनीहरूले संविधानलाई पूर्ण कार्यान्वयन गर्दै मुलुकलाई स्थिरता, समृद्धि र शान्तिपूर्ण दिशातर्फ अघि बढाउन सबैलाई आह्वान गरेका छन्।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ