• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति

प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सुरु, रास्वपा छैन सहभागी

3K
SHARES



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आह्वानमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। बैठक अहिले बिहान ८ बजेबाट सुरू भएको हो।

जेन–जीको सोमबारको आन्दोलनमा सरकारले दमन गर्दै १९ जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले बैठक आह्वान गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उक्त बैठकमा सहभागी छैन ।

‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु र हिजोको दमनमा पीडिततहरूसँग उभिनु हो। हाम्रो लागि अहिले यस्तो बैठक महत्त्वपूर्ण छैन,’ रास्वपा प्रवक्ता मनिष झाले भने।

जेन–जीको प्रदर्शन मंगलबार पनि सुरू भइसकेको छ। बानेश्वर संसद भवन अगाडि प्रदर्शनकारी भेला भएर नाराजुलुस गरिरहेका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। झापाको बिर्तामोड, भक्तपुरमा पनि कर्फ्यु आदेश जारी भएको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ