• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति

सकियो मन्त्रिपरिषद बैठक, सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन प्रधानमन्त्रीद्वारा अस्वीकार

1.2K
SHARES



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी गरिएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने सुझाव राखेका थिए। उनले विशेषगरी जेनजेड पुस्ताको आन्दोलन चर्किरहेको अवस्थामा संचारको माध्यम नै बन्द गर्नु गलत सन्देश जाने भन्दै प्रतिबन्ध फुकुवा गर्नुपर्ने तर्क गरेका थिए।

तर, प्रधानमन्त्री ओलीले भने अडिग रहँदै सरकारले गरेको निर्णय सही भएको दाबी गरेका छन्। एक मन्त्रीका अनुसार ओलीले सामाजिक सञ्जाललाई आन्दोलनमा अराजकता फैलाउने साधनका रूपमा प्रयोग गर्न खोजिएको भन्दै प्रतिबन्ध तत्काल हटाउन नसकिने बताए।

पौडेलले प्रतिबन्धलाई निरन्तरता दिनु लोकतान्त्रिक अभ्यासविपरीत हुने धारणा राखे पनि प्रधानमन्त्री ओलीले सरकार बिरोधी तत्वले आन्दोलन गरिरहेको भन्दै प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका हुन्। ओलीले आफुले अराजकता मच्चाउन खोज्नेहरूको चाहना कुनै पनि हालतमा पूरा हुन नदिने अडानमा रहेको भन्दै सञ्जालमाथिको फुकुवा खोल्न नसकिने बताएका छन् ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ