• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति

विद्या भण्डारी पक्षका थापाले फरक मत राख्न खोज्दा ओलीले भने : अहिले समय छैन…..

311
SHARES



काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न नदिइएपछि हलभित्रै लफडा भएको छ।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरू भएको विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले नै थापालाई आफ्नो फरक मत प्रस्तुत गर्न रोकेपछि हलभित्रै लफडा भएको हो।

थापाले आफ्नो फरक मत प्रस्तुत गर्न अध्यक्ष ओलीसँग समय मागेका थिए। तर ओलीले ‘अहिले समय छैन। आफ्नै समूहमा कुरा राख्नुस्,’ भनेपछि लफडा भएको एक नेताले बताए । त्यसपछि थापाले १५ मिनेट उभिएर असहमति जनाएका थिए।

हलमा भएका अरू नेताहरूले पनि प्रश्न उठाएपछि अध्यक्ष ओलीले कर्ण थापासँग आफ्नो कुरा भइसकेको भन्दै परिस्थिति सम्हाल्न खोजेका थिए ।

विधान महाधिवेशनमा अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले राखेको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ।

हलमा रोक लगाइएपछि स्थायी समिति सदस्य थापाले फरक मत आफ्नै समूहमा राखेका थिए। यसअघि बिहीबार बसेको सचिवालय बैठकले थापालाई फरक मत राख्न दिने निर्णय गरेको थियो।

थापाले विधान महाधिवेशनमा प्रस्तुत गर्न भनेर ३२ पृष्ठ लामो फरक मत तयार पारेका छन्। उनी पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा उभिँदै आएका छन्।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ