• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने जसपाको निर्णय

    0.9K
    SHARES



    काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको छ।

    पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो।

    ‘सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुरूमै एक वर्षका लागि मात्रै हो है भनिएको थियो, त्यसअनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पार्टीले गरेको छ,’ ती पदाधिकारीले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीज्यूलाई मन्त्री हुनेहरूको नाम पनि दिइसक्नुभएको छ।’

    उनकाअनुसार अध्यक्ष अशोक राईले खानेपानी मन्त्री वीरेन्द्र महतोलाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रञ्जु ठाकुरलाई बनाउन प्रधानमन्त्रीलाई नाम दिइसकेका छन्।

    जसपाका ती पदाधिकारीका अनुसार अध्यक्ष राईले अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता आउन पनि निर्देशन दिइसकेका छन्।

    शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा पनि पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा पनि छलफल भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ