• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पार्टी फुटको हल्ला निराधार, भ्रष्टाचार र कुशासनविरुद्ध संघर्ष जारी छ – महासचिव कञ्चन

    1.7K
    SHARES



    काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् ।
    मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए ।

    पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै कञ्चनले संसदवादी राजनैतिक पार्टीहरुमा गम्भीर समस्या देखिन थालेको बताए । “संसदवादी दलहरु सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ” कञ्चनले भने ।

    देशको राजनैतिक व्यवस्था र जनताकाबीचमा चरम अन्तरविरोध पैदा भएको बताउँदै उनले भने, “यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनको तयारी गर्ने निर्णय बैठकले गरेको छ ।”

    तपाईले पेल्न खोजेर पार्टी फुटको संघारमा पुगेको हो ? भन्ने संचारकर्मीको प्रश्नमा कञ्चन भने, “पार्टी जीवनमा बहस, छलफल हुनु स्वभाविक विषय हो, त्यसलाई ठूलो मान्नु हुँदैन, हामी एकताबद्ध छौं ।”

    कारबाही गरेको विषयमा के भन्नु हुन्छ ? भन्ने प्रश्नमा उनले थपे  “कमरेड लेनिनद्वारा प्रस्तावित जनवादी केन्द्रीयतको संगठनात्मक विधिमा विकास गर्दै नेतृत्व प्रणाली र मूल्यांकन विधिको नीति तय गरिएको छ, र अहिले सो कारबाही फिर्ता भइसकेको छ । जिम्मेवार कमरेडहरुसँग ब्यापक छलफल र बिचार मन्थन पश्चात् देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै टुटफुटभन्दा एकताबद्ध हुने कुरामा प्रतिबद्ध भएका छौं।”

    महासचिव कञ्चनले अमेरिका लगायतकाहरुले विश्वका श्रमजीवी जनता र कमजोर राष्ट्रमाथि युद्ध थोपरेको आरोप लगाए । “यसले गर्दा विश्व विस्फोटको संघारमा पुगेको छ । त्यसैले उसकाविरुद्ध उत्पीडित जनता र राष्ट्रहरुले प्रतिवाद गर्न जरुरी भएको छ ।साम्राज्यवादले थोपरेको युद्ध तत्काल बन्द गर्न, मानवसंहार रोक्न हाम्रो पार्टीले आह्वान गरेको छ ।” उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ