• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा

    151
    SHARES



    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताएका हुन्।

    ‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीको एक इमानदार सिपाहीको हैसियतले आज मैले मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख कार्यालयमा जानेछु,’ उनले भने।

    बागमतीमा साउन १४ गते ईन्द्र बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए। त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १४ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो।

    बागमतीमा कांग्रेसका ३७ सांसद छन्। संविधानतः मुख्यमन्त्री बन्नका लागि दल नेता हुनुपर्ने प्रावधान नरहेको दाबी गर्दै लामाले दल नेता पराजित भए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका थिए।

    त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएर छलफल गरेका थिए। सभापति देउवासँगको छलफलपछि लामा मुख्यमन्त्रीबाट राजीनामा दिन तयार भएका हुन्।

    भेटमा सभापति देउवाले संसदीय दल नेताको निर्वाचन भइसकेको र दल नेता ईन्द्रबहादुर बानियाँ बनिसकेको अवस्थामा मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ