• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    योजनाअनुसार गतिविधि गर्न नसकिएको भन्दै विप्लवले गरे चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव

    3.4K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चार दलीय समाजवादी मोर्चा विघटन गर्ने प्रस्ताव अघि सारेका छन्।

    मंगलबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकमा संयोजकसमेत रहेका विप्लवले मोर्चा प्रभावकारी रूपमा सञ्चालन नहुने भन्दै हाललाई स्थगन गर्न प्रस्ताव राखेका हुन्।

    बैठकमा उपस्थित स्रोतका अनुसार विप्लवले भने, “मोर्चाभित्र समय दिने कुरामा समस्या देखियो, हाम्रो योजनाअनुसार गतिविधि सञ्चालन गर्न पनि अप्ठेरो भयो। त्यसैले अहिलेका लागि स्थगन गरौं।”

    तर, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले मोर्चा विघटनको प्रस्तावलाई तत्काल कार्यान्वयन गर्न नहुने तर्क राखे। उनीहरूले यस्तो कदमले गलत सन्देश दिन सक्ने भन्दै असहमति जनाएका थिए।

    विप्लवले मोर्चालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले दुई–चार महिनासम्म वर्कआउट गरेर पुनः सुचारु गर्ने सुझाव राखे पनि अन्य नेताहरूले सो प्रस्तावमा सहमति जनाएनन्। यद्यपि, मोर्चामा देखिएको कमजोरीलाई हटाउँदै विप्लवलाई नै संयोजक राखेर अघि बढ्ने सहमति भने जुटेको स्रोतले जनाएको छ।

    बैठकमा मोर्चाले हालसम्म जनअपेक्षा र पार्टी कार्यकर्ताको आकांक्षा अनुरूप भूमिका निर्वाह गर्न नसकेको निष्कर्षसमेत निकालेको छ।

    नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालले मोर्चाको कामको समीक्षा गर्दै आगामी दिनमा मोर्चालाई थप सशक्त बनाउने प्रस्ताव पारित गरिएको जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ