• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सर्वोच्चको फैसलापछि शंकर पोखरेलले भने–संवैधानिक निकायको काममा अब तीव्रताको अपेक्षा गरौँ

    240
    SHARES



    काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध परेको मुद्दाका कारण उत्पन्न अन्योल अन्त्य भएकाले अब ती निकायमा तीव्रताका साथ काम हुने अपेक्षा गरेका छन् ।

    झन्डै साढे चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा दुई चरणमा भएका विभिन्न संवैधानिक निकायमा भएका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले बुधबार मध्यराति सदर गरेसँगै महासचिव पोखरेलले यस्तो अपेक्षा गरेका हुन् ।

    महासचिव पोखरेलले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संवैधानिक आयोगमा भएको नियुक्ति उपर परेको मुद्दाका कारणले उत्पन्न अन्योल अन्त्य भएको छ । अब ती निकायको काममा तीव्रताको अपेक्षा गरौँ ।’

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले बुधबार मध्यरातमा फैसला सुनाउँदै रिट खारेज गरेर नियुक्तलाई ठहर्‍याएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ