• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अबदेखि सरकारी सेवा-सुविधा नलिने जानकारीसहित विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा

    365
    SHARES



    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा कटौतीका लागि सरकारसँग आग्रह गरेकी छन् ।

    नेकपा (एमाले)को राजनीतिमा सक्रिय हुने घोषणा गरेको चार दिनपछि राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने भन्दै उनले गृह मन्त्रालयलाई पत्र पठाएकी हुन् ।

    पूर्वराष्ट्र प्रमुखको सेवा-सुविधा लिएर सक्रिय राजनीतिमा फर्किँदा प्रश्न उठ्ने भएपछि सरकारी सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइएको हो ।

    गृह मन्त्रालयले पूर्व राष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त हुने सेवा–सुविधा कटौतीका लागि पत्र पठाएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भण्डारीले पठाएको पत्र आइपुगेको जानकारी दिएका छन् ।

    भण्डारीले एमालेको मार्ग निर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रणेता मदन भण्डारीको जन्मोत्सवको अवसर पारेर पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् ।

    यसअघि काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनमा उनी उपाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनी दुई कार्यकाल राष्ट्रपति पदमा रहेकी थिइन् ।

    राष्ट्रपति पदबाट बिदा भएपछि उनी एमालेको राजनीतिमा फर्किन तम्तयार छिन् । उनले राजनीतिमा फर्किएको घोषणा गरेसँगै एमालेका नेता-कार्यकर्ता माथिदेखि तलैसम्म दुई धारमा विभाजित भएका छन् ।

    भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराइरहेको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिव छन् ।

    त्यस्तै पूर्वराष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीलाई बस्न घर भाडामा लिइएको छ । पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा लिएकी छैनन् । तर २०७ लिटर पेट्रोल मासिक गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहमन्त्रालयका एक अधिकारीले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ