• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

माछापुच्छ्रे बैंक र नेपाल माइक्रो इन्स्योरेन्सबीच बीमा विस्तारका लागि सहकार्य

1.1K
SHARES



काठमाडौंँ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्सबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी सम्झौता भएको छ । बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालयमा मंगलबार समझदारी भएको हो ।

समझदारी पत्रमा बैंकको अनुसन्धान र व्यापार पोर्टफोलियो विभाग प्रमुख कुमार ज्ञवाली र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिलराज गिरीले हस्ताक्षर गरे ।

दुवै संस्था बीमा सेवा पहुँचविहीन वर्गसम्म पुर्याउने उद्देश्यले आपसी सहकार्यमा अघि बढ्ने सम्झौता भएको हो । सहकार्यपछि माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब बैंकको शाखामार्फत सहज रूपमा नेपाल माइक्रो इन्स्योरेन्सका बीमा उत्पादन तथा सेवा प्राप्त गर्न सक्नेछन् ।

दुवै संस्थाले आगामी दिनमा डिजिटल प्रविधिको उपयोग गर्दै बीमा अभिभानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जानकारीसमेत दिएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ