• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

नबिल बैंकको बौद्ध शाखामा पाँचौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरू

1.4K
SHARES



काठमाडौं । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरू गरेको छ। बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमकाबिच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्।

ग्राहकला गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरूप लाउञ्ज सुरु गरिएको बैङ्कले जनाएको छ। बैङ्कले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैङ्किङ सुविधा प्रदान गर्दै आएको छ।

लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, “नबिल बैङ्क ग्राहकलाई विश्वस्तरीय बैङ्किङ सेवा प्रदान गर्न प्रतिबद्ध छ। ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैङ्किङ शाखा विस्तार गरेका हौँ।” उनले भने, “ग्राहकसँग कारोबारमा मात्रै सीमित नभई दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौ।”

नबिल प्रायोरिटी बैङ्किङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ।

नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैङ्कको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ। निजी क्षेत्रको अग्रणी बैङ्क रुपमा रहेको नबिल बैङ्कले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ