• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक जारी

    2.5K
    SHARES



    काठमाडौँ । छिमेकी मुलुकहरू भारत र पाकिस्तानमा तनाब बढेपछि त्यसको नेपालमा पर्ने प्रभावबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बसिरहेको हो ।

    दिउँसो करिब दुई बजेबाट बसिरहेको बैठकमा भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाउने बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए ।

    बैठकमा गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी सहभागी छन् ।

    बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने, ‘सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नका लागि आवश्यक सर्कुलर गृहमन्त्रीज्यूको निर्देशनमा भइसकेको छ । अब कसरी अगाडि बढ्ने भन्ने निर्णय बैठकले गर्छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले सीमा नाकामा कडाइ गरिएको जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ