• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आजदेखि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुँदै

    256
    SHARES



    काठमाडौँ । प्रतिनिधिसभामा आज (आइतबार)देखि आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख १९ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

    संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार, सांसदहरूले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव राख्न सक्नेछन् भने तीमाथि छलफल पनि गरिनेछ।

    प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। राष्ट्रियसभामा भने उक्त छलफल आइतबार (हिजो)देखि नै सुरु भइसकेको हो। आज राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे तय गरिएको छ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ