• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एनआरएनए विवादमा सर्वोच्चमा आज सुनुवाइ, एकता महाधिवेशन अन्योलमा

    438
    SHARES



    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)सम्बन्धी छुट्टाछुट्टै दुई मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो।

    परराष्ट्र मन्त्रालयको पत्राचारको आधारमा महान्यायाधिवक्ताको कार्यालयले एनआरएनएको एकता महाधिवेशन ६ महिना पछि सार्न माग गर्दै निवेदन दिएको थियो। सोही निवेदनविरुद्ध शेष घले पक्षधर राजेश शमशेर राणाले रिट दायर गरेका छन्। यसअघि वैशाख १० गते सुनुवाइ हुँदा सर्वोच्चले कागजात झिकाउन आदेश दिएको थियो।

    त्यस्तै, एनआरएनए सचिवालयबाट काम गर्दै आएका डा. बद्री केसीले पनि महाधिवेशन सार्न माग गर्दै अलग रिट दायर गरेका छन्। उनको मुद्दामा आइतबारमात्रै कारण देखाऊ आदेश जारी गरिएको छ। आज राणाको मुद्दाको पेसी भएकाले केसीको मुद्दा पनि सँगै राखेर सुनुवाइ हुने भएको हो।

    हालसम्म सर्वोच्चले एकता महाधिवेशन गर्न परमादेश दिइसकेको भए पनि दुई समूहबीच विवाद समाधान हुन सकेको छैन। शेष घले समूहले वैशाख २० देखि २२ सम्म काठमाडौंमा महाधिवेशन तय गरेको छ। तर, डा. केसीले मिति सार्नुपर्ने माग गर्दै अदालत पुगेका छन्।

    महाधिवेशनको तयारी तीव्र भइरहेकै बेला अदालतको निर्णयले यसको भविष्यमा अन्योल देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ