• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पत्रकारद्वय पौडेल र आचार्य कानुन पत्रकारिता पुरस्कारबाट पुरस्कृत

    192
    SHARES



    काठमाडौँ । पत्रकार किरण पौडेल र सुदर्शन आचार्य कानुन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

    शनिबार आयोजित समारोहमा नेपाल बार एसोसियसनले पत्रकार पौडेल र आचार्यलाई नगद र कदर पत्र सहित पुरस्कृत गरेको हो ।

    नेपाल बार एसोसियसनको वार्षिक साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रमकाबीच उनीहरु पुरस्कृत भएका हुन् ।

    बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रसाद मिश्र र निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेले संयुक्त रुपमा पत्रकार पौडेल र आचार्यलाई पुरस्कार प्रदान गरे ।

    न्याय र कानुनको क्षेत्रका समाचार सम्प्रेषण गरी स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र लोकतान्त्रिक विधि एवम् प्रक्रियाको पक्षमा जनतालाई सुसूचित बनाए वापत पुरस्कार प्रदान गरिएको बारले बताएको छ

    कान्तिपुर टेलिभिजनका नायव सम्पादक पौडेल न्यायपालिका, संवैधानिक आयोग र परराष्ट्र मामिला सम्बन्धि पत्रकारिता गर्छन् । उनी ननस्टप खबरका सल्लाहकार समेत हुन् । त्यस्तै अर्का पत्रकार आचार्य रातोपाटी अनलाइनमा कार्यरत छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ